Dhulikhel Eco Banner new

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड

3.07K
shares

काठमाडौं, १२ असोज । सागर डिष्टिलरी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार बिहान आईपीओको बाँडफाँड गरिएको हो।

कम्पनीले भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा लगानीकर्ताको अत्यधिक चासो देखिएको थियो। निष्काशन अवधिभरमा कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९३ हजार ८२३ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेपछि बाँडफाँड प्रक्रिया गोलाप्रथाबाट सम्पन्न गरिएको हो। गोलाप्रथामा १ लाख १९ हजार ६४ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी आवेदक भने शेयर नपाएर खाली हात परेका छन्। बाँडफाँडको नतिजा सीडीएससीको मेरोडेम्याट प्रणाली तथा ब्रोकरमार्फत हेर्न सकिनेछ।