उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८२ असोज २२ बुधवार १५:२१
shares

काठमाडौं, २२ असोज । बुधवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४५.३६ अंकले घटेर २,५५९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ७६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सांग्रिला विकास बैंक ऋणपत्र २०८७का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ७.०९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन १० प्रतिशत एनआइएमबि ऋणपत्र २०९०का लगानीकर्ताले ६.४८ प्रतिशतका दरले कमाएका छन् भने आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले ६.०३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले ४.७६ प्रतिशतका दरले कमाएका छन् भने १०.२५ प्रतिशत एसबिएल ऋणपत्र २०८३का लगानीकर्ताले ४.०३ प्रतिशतका दरले कमाएका छन् ।



















