दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असोज २३ बिहीवार १५:२५
shares

काठमाडौं, २३ असोज । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २२.५९ अंकले बढेर २,५८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब २७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.२१ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन एशियन हाइड्रोपावरका लगानीकर्ताले ५.५४ प्रतिशतका दरले कमाएका छन् भने एमबिएल इक्विटी फण्डका लगानीकर्ताले ४.८२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कर्पोरेट विकास बैंकका लगानीकर्ताले ४.१५ प्रतिशतका दरले कमाएका छन् भने आरबिबिएल म्युचुअल फण्डका लगानीकर्ताले ४.०९ प्रतिशतका दरले कमाएका छन् ।



















