Dhulikhel Eco Banner new

शेयर बजारमा ४१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.98K
shares

काठमाडौं, २३ असोज । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २२.५९ अंकले बढेर २,५८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब २७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.०९ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन भुगोल इनर्जीका लगानीकर्ताले ५.४३ प्रतितशतका दरले गुमाएका छन् भने ८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५का लगानीकर्ताले ३.४२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले ३.३७ प्रतिशतका दरले गुमाएका छन् भने एनएमबी डिबेन्चर ८.५०प्रतिशत–२०८७र८८का लगानीकर्ताले ३.०४ प्रतिशतका दरले गुमाएका छन् ।