शेयर बजारमा ५ अर्ब २७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असोज २३ बिहीवार १५:४१
2.9K
shares
shares

काठमाडौं, २३ असोज । शेयर बजारमा ५ अर्ब २७ करोडको कारोबार हुँदा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २७ करोड ३४ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन युनियन हाइड्रोपावरको २७ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २० करोड ९३ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १६ करोड ७१ लाख रुपैयाँ कारोबार भएको छ ।



















