Dhulikhel Eco Banner new

विदेशी मुद्राको सञ्चिति ७.६ प्रतिशतले वृद्धि, डलरमै २० अर्ब ४१ करोड

4.28K
shares

काठमाडौं, २८ असोज । आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २८८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो महिनामा यो सञ्चिति २६७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा, २०८२ असार मसान्तमा कुल विदेशी सञ्चिति १९ अर्ब ५० करोड डलर थियो, जुन ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड डलर पुगेको छ। यो वृद्धिले देशको विदेशी मुद्रा कोषमा स्थायित्व र सुदृढता आएको संकेत गर्दछ।

नेपाल राष्ट्र बैंकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रुपैयाँ थियो, जुन ६.९ प्रतिशतले बढेर २०८२ भदौ मसान्तमा २५८२ अर्ब ३८ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरूको सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको छ। असार मसान्तमा २६३ अर्ब ४ करोड रहेको यो सञ्चिति १३।७ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा २९८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।