Dhulikhel Eco Banner new

जेनजी आन्दोलनका घाइतेका लागि ४८ लाख ५८ हजार निकासा

2.55K
shares

काठमाडौं, ४ कात्तिक । जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई सरकारद्वारा राहत वितरणको काम अघि बढाइएको छ।

सरकारले २,४२९ घाइतेलाई जनही २० हजार रुपैयाँका दरले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ। उनीहरूको निःशुल्क उपचार, आवतजावत, परिचयपत्र वितरण र जेनजी क्लिनिक मार्फत पुनः उपचारको व्यवस्था गरिएको छ।

आन्दोलनमा मृत्यु भएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले राहत दिइएको छ, जसमा ४९ जनाले रकम प्राप्त गरिसकेका छन्। शव व्यवस्थापनका लागि हेलिकप्टरको सहारा लिइएको थियो।

सरकारले असोज १ गते राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो र ‘जेनजी जागरण स्मारक पार्क’ निर्माणको निर्णय गरेको छ।

आन्दोलनमा ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा न्यायिक आयोग गठन गरिएको छ।