Dhulikhel Eco Banner new

शेयर बजारमा १५९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.87K
shares

काठमाडौं, १२ कात्तिक । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.१७ अंकले घटेर २,५६६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ४५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा ज्योती विकास बैंक बोन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.६६ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ३.६९ प्रतिशतका दरले गुमाएका छन् भने सिनर्जी पावरका लगानीकर्ताले ३.२१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ३.१४ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ३.०८ प्रतिशतका दरले गुमाएका छन् ।