Dhulikhel Eco Banner new

राष्ट्र बैंकका निर्देशक थापाको कार्यकारी निर्देशकमा बढुवा

3.94K
shares

काठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले कार्तिक १६ गतेदेखि लागू हुने गरी थापालाई अधिकृत विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) मा बढुवा गरेको हो।

डा. गुणाकर भट्ट अवकाशमा गएपछि प्रशासन सेवातर्फ कार्यकारी निर्देशकको एक पद खाली भएको थियो। सो पद पूर्ति प्रक्रियाअनुसार, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन सहित) का विनियम ५२ र विनियम ६५(२) का प्रावधानअनुसार सम्भाव्य निर्देशक (अधिकृत प्रथम) हरूमध्येबाट थापाको बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ।

पदोन्नतिपश्चात थापालाई गभर्नर कार्यालयको जिम्मेवारी तोकिएको छ। उनी यसअघि पनि सोही कार्यालयमा निर्देशकका रूपमा कार्यरत थिए। अब उनी त्यहीँ कार्यकारी निर्देशकको हैसियतमा कार्यसम्पादन गर्नेछन्।