शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२४
shares

काठमाडौं, २७ कात्तिक । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.३६ अंकले घटेर २,५४४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४९ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.४२ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ का लगानीकर्ताले ३.८३ प्रतिशतका दरले गुमाएका छन् भने इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले ३.७० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी वेष्ट फाइनान्सका लगानीकर्ताले ३.१८ प्रतिशतका दरले गुमाएका छन् भने सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले २.५० प्रतिशतका दरले गुमाएका छन् ।



















