Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, १६७ कम्पनीको शेयर मूल्य बढ्यो

4.19K
shares

काठमाडौं, १ मंसिर । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.७८ अंकले बढेर २,५५० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ९४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा बन्दिपुर केबलकारका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।