सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर १ सोमवार १५:१८
shares

काठमाडौं, १ मंसिर । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.७८ अंकले बढेर २,५५० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ९४ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा बन्दिपुर केबलकारका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन सागर डिष्टीलरी, बुंगल हाइड्रो र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन विकास बैंकका लगानीकर्ताले ८.८९ प्रतिशतका दरले कमाएका छन् ।



















