Dhulikhel Eco Banner new

शेयर बजारमा ७६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.91K
shares

काठमाडौं, १ मंसिर । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.७८ अंकले बढेर २,५५० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ९४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन कुमारी इक्वीटी फन्डका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले ३.२९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ३.२१ प्रतिशतका दरले गुमाएका छन् भने एमबिएल इक्वीटी फन्डका लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका छन् ।