Dhulikhel Eco Banner new

सामुदायिक लघुवित्तको शेयर संरचनामा परिवर्तन हुदै, संस्थापक समूहको ८.६५ प्रतिशत शेयर सर्वसाधारणमा

1.81K
shares

काठमाडौं, १ मंसिर । साविकको सामुदायिक लघुवित्त र बीपीडब्लू लघुवित्त एकीकृत भएर बनेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ।

हाल कम्पनीमा संस्थापक शेयरधनीको ६१.११ प्रतिशत र सर्वसाधारणको ३८.८९ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले संस्थापक समूहको ८.६५ प्रतिशत शेयर सर्वसाधारण समूहमा सार्ने निर्णय गरेको छ । जसअनुसार संस्थापकको स्वामित्व ५३.७२ प्रतिशत र सर्वसाधारणको ४६.२८ प्रतिशत हुने छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेकाले, कुनै संस्थापक शेयरधनीले सर्वसाधारण समूहमा रूपान्तरण हुन नचाहेमा ३५ दिनभित्र लिखित रूपमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ। सो अवधि भित्र निवेदन नआएमा स्वीकृत मानिने र त्यही अनुसार प्रक्रिया अघि बढाइने संस्थाले जानकारी दिएको छ।