Dhulikhel Eco Banner new

मिटर ब्याजमा ऋण लागनी गर्ने दुई जना प्रक्राउ

16.26K
shares

काठमाडौं, १० असार । मिटर ब्याजमा ऋण लगानी गरेको आरोपमा दुई जानालाई प्रहरीले प्रक्राउ गरेको छ । मिटर ब्याजमा ऋण लगानी गरेर मोटो रकम असुलि गरेको आरोपमा नवलपरासी पश्चिमका दुई जनालाई प्रहरीले प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका बेल्टारीका सुनिल कुमार गुप्त (बानियाँ) र जगदिश बाँनिया रहेको जिल्ला प्रहरी कर्यालय नवलपरासीका पश्चिमका प्रही प्रमुख डीएसपी प्रेम बहादुर शाहीले जानकारी दिए । उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।

आफूले लिएको ऋणको मिटरब्याज सरह ब्याज लिएर उठिबास लगाएको भन्दै प्रतापपुर र सुस्ता गाउँपालिकाका ४० भन्दा बढी ऋणीहरु ८ दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् । ऋणीहरुले तोकिएको ऋण भन्दा बढी बुझाएको रकम फिर्ता हुनुपर्ने र रकम दिन नसकेर साहुले लिएको जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् ।

उनीहरुले आफूले लिएको रकमको सात गुणा बढी तिरिसक्दा पनि अझै बाँकी रहेको भन्दै जग्गा पनि हड्पन खोजेपछि आन्दोलन गर्नुपरेको बताएका छन् ।

Follow Up

मिटर ब्याज आतंक : घरखेत साहुले खाइदियो, पीडितहरु सडकमा (भिडियोसहित)

मिटर ब्याज आतंक : घरखेत साहुले खाइदियो, पीडितहरु सडकमा (भिडियोसहित)