Dhulikhel Eco Banner new

लगानीकर्ताका १९ बुँदे माग कार्यान्वयनका लागि समिति गठन

5.08K
shares

काठमाडौं, १० असार । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले राखेका माग पुरा गर्नका लागि समिति गठन गरेको छ । बोर्डले पुँजी बजार समस्या समाधानको माग गर्दै आएका लगानीकर्ताहरुको माग कार्यान्वयन गर्नका लागि धितोपत्र बोर्डका तर्फबाट दुई जना र लगानीकर्ताका तर्फ बाट पनि प्रतिनिधी समावेश गराएर समिति गठन गरेको हो।

समितिमा बोर्डका कायम मुकायम कार्यकारी निर्देशकद्धय विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ रहेका छन् । त्यस्तै पुँजी बजार संघर्ष समतिका तर्फबाट रोहन कार्की र एसपी चौलागाई सदस्य रहेका छन् । त्यस्तै नेपाल सरकारबाट मान्यता प्राप्त संघहरुका एक–एक जना प्रतिनिधि रहने  बताइएको छ ।

आज बोर्डसँग १९ बुँदे सहमति भएसंगै पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले १० दिनदेखि जारी राखेको आमरण अनसन समेत तोडेका छन् । उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

संघर्ष समितिले राखेका माग पुरा गर्नको लागि बोर्डले कार्यान्वयन समिति बनाएसँगै कोइरालाले अनसन तोडेका हुन् । लगानीकर्ता तुल्सीराम ढकालले बताए । कोइरालाले बोर्डसँग सहमति गरेसँगै पुँजीबजार सुधार संघर्ष समिति विघटन भएको र बाँकि काम कार्यन्वयन समिति मार्फत हुने बताइएको छ । यो समितिले आइतबार देखिनै काम थाल्ने बताइएको छ ।

Follow Up

तिलक कोइरालाले तोडे अनसन, बोर्डसँग १९ बुँदे सहमति

तिलक कोइरालाले तोडे अनसन, बोर्डसँग १९ बुँदे सहमति