प्रतितोला १ हजार ६ सयले बढ्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ मंसिर १४ आइतवार १०:५३
3.43K
shares
shares

काठमाडौं, १४ मंसिर । स्थानीय बजारमा आइतवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला २ लाख ५० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आइतवार १ हजार ६ सयले बढेर तोलामा २ लाख ५२ हजार २ सयमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मुल्य पनि १४५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ३ हजार २ सय ४५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य आइतवार तोलामा ३ हजार ४ सय ९० रुपैयामा कायम भएको छ ।















