Dhulikhel Eco Banner new

सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)

6.12K
shares

काठमाडौं, १२ असार । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको पनि भाडा घटाएको हो ।

शनिबारमात्रै सरकारले डिजेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको थियो । यातायात व्यवस्था विभागले आइताबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम ७ प्रतिशतसम्म घटाएको हो ।

सरकारले शनिबार पेट्रोल प्रतिलिटर २० रुपैयाँ तथा डिजेल/मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो । हाल पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । सरकारले इन्धनको मूल्य घटाएसँगे सार्वजनिक यातायातको भाडा समायोजन भएको बताइएको छ ।

विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.४१ प्रतिश घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९७ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.६८ प्रतिशत भाडा घटेको यातायात विभागले जनाएको छ ।