Dhulikhel Eco Banner new

शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

5.27K
shares

काठमाडौं, २ पुस । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.१३ अंकले बढेर २,६२३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३१कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब १ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन माथिल्लो स्याङ्गे जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.२१प्रतिशतका दरले गुमाएका छन् भने इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.०९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी शुभम पावर लिमिटेडका लगानीकर्ताले २.६४ प्रतिशतका दरले गुमाएका छन् भने एनआइएमबी ऋणपत्रका लगानीकर्ताले २.३७ प्रतिशतका दरले गुमाएका छन् ।