GBIME

सगरमाथामा क्षेत्रमा खिचिएको भनिएको तस्बिर नक्कली

2.21K
shares

काठमाडौं, १० मंसिर । सरगमाथा क्षेत्रमा अमेरिकी फोटो पत्रकारले खिचेको भनिएको हिउँ चितुवाको फोटो नक्कली रहेको पाइएको छ । केही समय अघि सामाजिक सञ्जालमा निकै भइरल भएको उक्त फोटो नक्कली रहेको अल्पाइन म्यागाजिनले गरेको अनुसन्धानबाट खुलेको हो ।

उक्त म्यागजिन विश्वको अल्पाइन क्षेत्रमा स्थापित म्यागजिन हो । अनुसन्धानका क्रममा तीन तस्बिर नक्कली पृष्ठभुमिमा खिचिएको प्रमाण भएको भन्दै अल्पाइन म्यागाजिनले शुक्रबार प्रकाशित गरेको समाचारले अमेरिकी किटिया पावलोव्स्की नै नक्कली भएको अनुमान समेत गरेको छ ।

यस अगाडि कुनै वन्यजन्तु फोटोग्राफीमा काम गरेको तस्बिर पनि नभएको भन्दै म्यागाजिनले फोटोग्राफर नै नक्कली भएको उल्लेख गरेको छ । म्यागाजिन भन्छ, ‘किटिया वन्यजन्तु फोटोग्राफीमा भन्दा फोटोसपमा अब्बल देखिएकी छिन् ।’

उनको इन्टाग्राममा प्रयोग भएर विभिन्न मिडियामा आएको तस्बिर विभिन्न तस्बिरहरुको जोडजाड भएको म्यागाजिनले अरु तस्बिरको तुलना गरेर राखेको छ । फ्रान्सेली र अंग्रेजी भाषाको म्यागाजिनले स्थापित अन्तर्राष्ट्रिय फोटोग्राफरको तर्कमा पनि तस्बिर नक्कली भएको उल्लेख गरेको छ । म्यागजिनले आफ्नो तस्बिर सक्कली नभएर एडिटिङको तरिका सिक्ने आधार मात्रै भएको नोटमा लेखिएको छ ।