GBIME

मुगुमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शाही विजयी

882
shares

काठमाडौं, १० मंसिर । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन् । उनि १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन ।

कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार सात सय आठ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । शाही र कार्कीबीच तीन हजार नौ सय ९४ मतान्तर रहेको छ । विजयी भएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत छन् ।

त्यस्तै प्रदेशसभा १० मा एमालेका जीतबहादुर मल्ल विजयी भएका छन् । उनले छ हजार छ सय १८ तथा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार पाँच सय ४५ मत प्राप्त गरेका छन् ।