GBIME

जोन्टा क्लब अफ काठमाडौंद्वारा लैङ्गिक हिंसाविरुद्ध वाकाथान

1.66K
shares

काठमाडौं, १० मंसिर । शनिबार जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्धन गर्न वाकाथन आयोजना गरेको छ।

५०० भन्दा बढी सहभागीहरुले वसन्तपुर दरबार स्क्वायरतर्फ हिँडेर लैङ्गिक हिंसाविरुद्धको सशक्त सन्देशसहितको सडक नाटक प्रस्तुत गरेका थिए। यो वर्ष, संयुक्त राष्ट्र संघले १६ दिने ‘एकता महिला र केटीहरुविरुद्ध हिंसा अन्त्य गर्न’ पहल गर्ने छ। वाकाथन संयुक्त राष्ट्र संघको लैङ्गिक हिंसा विरुद्धको १६ दिने सक्रियता २५ नोभेम्बर देखि १० डिसेम्बर २०२२ सम्म मनाइनेछ। १६ दिने सक्रियताले हामीलाई एकताबद्ध हुन र लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउने मञ्च दिन्छ। परिवारलाई पनि असर गर्छ र उत्पादकतामा कमी र जीविकोपार्जनका अवसरहरू सहित ठूलो प्रभाव पार्छ। प्रत्येक महिलालाई हिंसामुक्त जीवन जिउने अधिकार छ।

जोन्टाले १६ दिने अभियान अवधिमा सिनेमाघरहरूमा प्ले भइरहेका चार छोटो फिल्महरू देखाइरहेको छ। यसै पहल अन्तर्गत, जोन्टाले काठमाडौं र आसपासका विद्यालय र सार्वजनिक स्थानहरूमा सडक नाटकहरूको शृंखला र छलफलहरू आयोजना गर्ने जनाएको छ। वाकाथनको नेतृत्वमा, जोन्टाले लैङ्गिक(आधारित हिंसा विरुद्ध वकालत गर्न र बोल्ने महत्त्वको बारेमा सचेतना जगाउन पनि जुट्ने विश्वसा लिइएको छ।

कुमारी बैंक, जेजीआई फाउन्डेसन, लक्ष्मी बैंक, केटीएम सिटी, लिबर्ड, वेल्ट हङ्गर हचलाइफ, जर्मन कोअपरेसन र एकवा हन्ड्रेडको सहयोगमा वाकाथन आयोजना गरिएको हो ।