GBIME

आफ्नो रेकर्ड तोड्दै कामीरिता २८ औँ पटक पुगे सगरमाथाकाे चुचुरोमा

1.7K
shares

काठमाडौं, ९ जेठ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २८औँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनले गएको बुधवार बिहान साढे ८ बजे २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६ औँ पटक आरोहण गरेका थिए ।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पासाङदावा शेर्पा हुन् । उनले २७ औँ पटक सगरमाथाको आरोहण गरेका छन् । पासाङदावा (पादवा) शेर्पाले सोमबार २७ औँ पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।