GBIME

सरकारको नीति तथा कार्यक्रमलाई नराम्रो भन्न मिल्दैन : सांसद केसी

636
shares

काठमाडौं ९, जेठ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रलाई नराम्रो भन्न नमिल्ने बताए ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विभिन्न अभिव्यक्तिहरु आएको भन्दै उनले कुनै पनि सरकारले दुरदृष्टिले १५ वर्ष सम्मको कार्यक्रमहरु ल्याउन सक्ने बताए ।

सांसद केसीले भने ‘ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बारेमा विभिन्न अभिव्यक्तिहरु सुनियो, यसले ५ वर्षको नीति तथा कार्यक्रम किन ल्यायो भनेर सोधियो । ल्याउछ कुनै पनि सरकारले दुरदृष्टिले १५ वर्षसम्मको कुनै पनि नीति लिएर आउँछ त्यसलाई नराम्रो भन्न मिल्दैन ।