Dhulikhel Eco Banner new

सांसद झाको प्रश्न : भ्रष्टाचारको कुरा उठाउँदा जवाफ पाउन अनशन नै बस्नु पर्ने हो ?

5.53K
shares

काठमाडौं ९, जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले जनकपुरस्थित जानकी मन्दिरको टायल, विजुलीबत्ती जडानमा भएको भ्रष्टाचारबारे कुरा उठाउँदा जवाफ नपाएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठको शून्य समयमा बोल्दै उनले भ्रष्टाचारको जवाफ पाउन अनसन नै बस्नुपर्ने हो भनेर प्रश्न समेत गरे ।

सांसद झाले भने ‘मैले यो सदनमा ४ पटक जानकी मन्दिरको टायल, विजुलीबत्ती जडानमा भएको भ्रष्टाचारको प्रसंग उठाइसकें, जवाफ मागिसकें, तर सरकारले यसको जवाफ दिँदैन । सत्तापक्षकै सांसद अनसनमा बस्नुपर्ने बाध्यता छ। हामीलाई पनि त्यही भन्न खोजिएको हो, गएर अनशन बस, अनि जवाफ पाउँछौं, यति त्यसो हो भने हामी तयार छौं।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीहरुले आफुहरुलाई टेलिभिजन अन्तर्वार्तामार्फत् पखाल्न खोजेको आरोप पनि उनले लगाए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामीले अपेक्षा गरिरहेका केही निर्णयहरू छन्। केही सुनियोजित, केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरूले सबै प्रश्नहरूको जवाफ दिँदैनन्। त्यसैले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस् । ’