गण्डकीमा पर्यटन ऐन पारित, ट्राभल प्रदेशमा पनि दर्ता गर्नुपर्ने
वि.सं.२०७९ साउन १५ आइतवार ०७:३४
shares

काठमाडौं, १५ साउन । गण्डकी प्रदेसको प्रदेशसभाले पर्यटन ऐन पारित गरेको छ ।
जसमा ट्राभल तथा ट्रेकिङ व्यवसाय प्रदेशमा समेत दर्ता गर्नुपर्ने भएको छ । यदि दर्ता नगरी सञ्चालन गरे २० हजार रुपैयाँ सम्म जरिवाना तिराउने ऐन ल्याएको छ ।
त्यस्तै, पर्यटक प्रहरीसम्बन्धी व्यवस्था समेत ऐनमा गरेको छ । प्रदेश प्रहरीसँग समनय गरेर पर्यटनलाई सुरक्षा दिने भएको हो ।
प्रदेश सरकारले आफै पर्यटन बस सञ्चालनमा ल्याउने भएको छ । आफैले बस सञ्चालन गर्ने पाउने व्यवस्था ऐनमा रहेको छ ।
त्यसैगरी विदेशी पर्यटकलाई राष्ट्र बैंकले तोकेको दरमा विदेशी मुद्रामा कारोबार गर्नुपर्ने, पथप्रदर्शक (ट्रेकिङ गाइड)को काम गर्ने व्यक्तिले मदिरा सेवन गर्न नपाइने, होटल, लज, रेस्टुराँहरू दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने, होटल, लज, रेस्टुराँ, रिसोर्ट, बार लगायत व्यवसायको स्तर निर्धारण गरिने लगाएतका व्यवस्था रहेको छ ।

















