Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले दिए राजीनामा

4.32K
shares

काठमाडौं, २४ वैशाख । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले पदबाट राजीनामा दिएका छन्। तत्कालीन सरकारले नियुक्त गरेका ढकालले बुधबार राजीनामापत्र बुझाएका हुन्।

सरकारले अध्यादेशमार्फत विभिन्न निकायमा नियुक्त १५९४ जनालाई पदमुक्त गरे पनि नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू उक्त निर्णयबाट प्रत्यक्ष प्रभावित भएका थिएनन्।

तर, अर्थ मन्त्रालयले सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाका अधिकारीहरूलाई राजीनामा दिन मौखिक सन्देश पठाएको जनाएको छ। त्यसपछि ढकालले पदबाट राजीनामा दिएका हुन्।