Dhulikhel Eco Banner new

नेशनल लघुवित्तद्वारा ८६ हजार बढी संस्थापक शेयर बिक्रीमा

3.26K
shares

काठमाडौं, २४ वैशाख । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहअन्तर्गतको ८६ हजार ४९३ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीका अनुसार उक्त शेयर खरिदका लागि हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

कम्पनीले तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा प्रचलित कानुन तथा नियमानुसार उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।