Dhulikhel Eco Banner new

ग्लोबल आइएमई लघुवित्तको नाफा १० प्रतिशतले वृद्धि

5.37K
shares

काठमाडौं, १० साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी नाफा कमाएको छ । संस्थाले अघिल्लो आर्थिक वर्षकोभन्दा १०.०५ प्रतिशत बढी नाफा कमाएको हो ।

संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत प्रगति विवरण अनुसार २५.०५ करोड रुपैयाँ दुख नाफा आर्जन गरेको छ । संस्थाको अघिल्लो आर्थिक वर्षमा भने २२.७६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

विवरण अनुसार कम्पनीको कर्जा १.१० प्रतिशतले बढेर ४.६३ अर्ब पुगेको छ । जुन अघिल्लो वर्षको सोही त्रैमासमा ४.५८ अर्ब रहेको थियो । कम्पनीको निक्षेप संकलन ३८.४६ प्रतिशतले बढेर २.९६ अर्ब पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी २५.३१ प्रतिशतले बढेर ५६.७८ करोडको पुगेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ४५.३१ करोड रुपैयाँ रहेको थियो ।