Dhulikhel Eco Banner new

पुससम्म मर्जर भएका बैंकले शाखा खोल्न राष्ट्र बैंकको स्वीकृत लिनु नपर्ने

5.27K
shares

काठमाडौं, १८ साउन । पुस मसान्तसम्म मर्जर गएर एकीकृत कारोबार गरेका बैंकहरुले काठमाडौं उपत्यका तथा उपत्यका बाहेकका महानगरपालिका र उप महानगरपालिका भित्र शाखा खोल्नका लागि राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्ने भएको छ ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गरेर २०७९ सालको पुस मासन्तभित्र एकीकृत कारोबार सञ्चालन गरेका बैंकहरुलाई यस्तो सुविधा दिने उल्लेख गरेको हो ।

बैंकहरु तोकिएको समय अवधि भित्र एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनुनपर्ने व्यवस्था गरिएको छ ।