Dhulikhel Eco Banner new

बैंकहरुले पुससम्म मर्जर भए थप एक वर्षको सुविधा पाउने

5.15K
shares

काठमाडौं, १८ साउन । चालु आर्थिक वर्षको पुससम्म मर्जरमा गएर एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउने भएका छन । नेपाल राष्ट्र बैंकले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेको हो ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधामा थप सहुलियत पाउने व्यवस्था गरेको हो ।