Dhulikhel Eco Banner new

गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा

715
shares

काठमाडौं, २ असार । गोर्खाज फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले सर्वसाधारण जो कोही व्यक्ति खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले ५ संस्थापक शेयरधनीको नाममा रहेको जम्मा २४ हजार ६७९ कित्ता शेयर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक जो कोहीले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिन भित्र कम्पनीको प्रधान कार्यालय डिल्लीबजार काठमाडौंमा आवेदन दिन सक्नेछन्।