Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

728
shares

काठमाडौं, २ असार । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.३१ अंकले घटेर २७०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४७ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४ं.०३ प्रतिशतका दरले गुमाएका छन् भने १० प्रतिशत एनआइएमबि डिबेन्च २०९०का लगानीकर्ताले ३.८४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.५४ प्रतिशतका दरले गुमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले ३.४१ प्रतिशतका दरले गुमाएका छन् ।