सामान्य अंकले घट्यो शेयर बजार
वि.सं.२०८३ असार २ मंगलवार १५:१७
shares

काठमाडौं, १ असार । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.३१ अंकले घटेर २७०५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् ।















