Dhulikhel Eco Banner new

स्वास्थ्य बीमा बोर्डद्वारा २०२ अस्पताललाई थप ९१ करोड रुपैयाँ भुक्तानीको तयारी

910
shares

काठमाडौं, २ असार । स्वास्थ्य बीमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई स्वास्थ्य बिमा दाबीबापत थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूको बक्यौता रकम क्रमशः भुक्तानी गर्दै जाने नीति लिएको छ। स्वास्थ्य बीमा कार्यक्रम र विपन्न नागरिकको औषधि उपचारसँग सम्बन्धित बाँकी रकम भुक्तानीलाई प्राथमिकतामा राखिएको छ।

यसअघि गत जेठ १३ गते स्वास्थ्य बीमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ निकासा गरिएको थियो। त्यसैगरी जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चका लागि ३२ करोड १३ लाख ६ हजार रुपैयाँ उपलब्ध गराइएको थियो। जेठ २७ गते सोही कार्यक्रमअन्तर्गत थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

सरकारले अघिल्ला आर्थिक वर्षदेखि बाँकी रहेका स्वास्थ्य बीमा दाबी तथा विपन्न नागरिकको उपचार खर्चको भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र निकासा प्रक्रियालाई तीव्र बनाएको जनाएको छ।