GBIME

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट

846
shares

काठमाडौं, २७ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालय सोमबार बिहान आईपीओ बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार आईपीओमा १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट १ करोड ९९ लाख ७२ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ३ सय १५ जनाको आवेदन रद्द भएको र योग्य रहेका १८ लाख ३७ हजार ४ सय ३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ३६ हजार ८ सय ५९ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।

जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो ।