GBIME

शहिदनगरको शिक्षा शाखा प्रमुखबाट शिक्षक यादवले दिए राजीनामा

978
shares

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले पदबाट राजीनामा दिएका छन् ।

उनले आईतबार एक राजीनामा पत्र लेख्दै पदभन्दा पनि नगरवासीको विकास र जनसरोकारमा चासो राख्ने भन्दै उनले आफ्नो पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । विगत केही दिनदेखि निरन्तर यादवविरुद्ध आन्दोलन र मागहरु उठीरहँदा उनले आईतबार राजीनामा दिएका हुन् ।

विगत केहीदिनदेखि निरन्तर आन्दोलनको नाममा शहिदनगरको विकासलाई रोक्न खोजेको आरोपसहित उनले शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव समक्ष आफ्नो पदीय राजीनामा पेश गरेका हुन् ।

उनले पुरानै दरबन्दीमा काज फिर्ता हुने गरी शिक्षा शाखा प्रमुखबाट राजीनामा दिएका हुन् । उनले आफ्नै कारण कसैले आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै जनहितको लागि आफू राजीनामा ठोकेको उल्लेख गरेका हुन् ।

उनले पदबाट राजीनामा दिँदै शहिदनगरको शिक्षा सँचालन र गुणस्तरीय शिक्षामा आफ्नो साथ र सहयोग निरन्तर रहने बताए ।