Dhulikhel Eco Banner new

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

5.98K
shares

काठमाडौं, १० असोज । एनसीसी र कुमारी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । दुई बैंकबीच मर्जरमा जाने विषयमा सोमबार काठमाडौंको एक होटलमा सम्झौता भएको हो ।

यी दुई वटा बैंक बीच बराबरी हैसियतमा मर्जरमा जाने विषयमा सम्झौता भएको छ । समझदारीपत्रअनुसार शेयर आदान–प्रदान (स्वाप) रेसियो १ बराबर १ रहेको छ । यी दुई बैंकलाई मर्जरमा जान नियामक नेपाल राष्ट्र बैंकले दबाब दिँदै आएको थियो ।

मर्जरमा जाने समझदारीपत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । यी दुई बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेछन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

यी दुई बैैंक मर्जरपछि वाणिज्य बैंकको संख्या २१ वटामा झर्ने छ । हाल वाणिज्य बैकको सख्या २६ वटा रहेको छ । यसअघि हिमालय र सिभिल, सेन्चुरी र प्रभु, नेपाल इन्भेष्टमेन्ट र मेगा, ग्लोबल आइएमई र बैंक अफ काठमाडुबीच मर्जर सम्झौता भइसकेको छ ।

नबिल र नेपाल बंगलादेश बैंकबीच भने मर्जरपछिको एकीकृत कारोबार नै भइसकेको छ । मर्जरअघि वाणिज्य बैंकहरूको संख्या ३२ वटासम्म पुगेको थियो ।