रेमिट्यान्स र पर्यटकिय क्षेत्रमा आएको सुधारले अवस्था जटिल छैन : डेपुटी गर्भनर बम
वि.सं.२०७९ असोज १२ बुधवार २२:१३
shares

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले पर्यटकिय क्षेत्र र रेमिट्यान्समा आएको सुधारले गर्दा अवस्था सुधार आउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको जर्नल विमोचन तथा पुरस्कार वितरण कार्यक्रमा बोल्दै डेपुटी गर्भनर मिश्रले पछिल्लो समय बाहिर आएको जस्तो अवस्था जटिल नभएको बताएका हुन् ।
पछिल्ला महिनाहरुमा रेमिट्यान्समा सुधार आएको र विदेशी पर्यटकको आवागमनमा वृद्धि भएका कारण आर्थिक अवस्था बाहिर आएको जस्तो जटिल नभएको बमले बताएका हुन् । अवस्था सधै एकै किसिमको नहुने भन्दै धर्यताको आवश्यकता रहेको उनको भनाइ छ ।
कुन कुन क्षेत्रमा आत्मनिर्भर छौँ र के केमा आत्मनिर्भर छैनौँ भन्ने विषयको जानकारी हुन आवश्यक रहेको उनको तर्क थियो । अहिले निर्यात गर्नेभन्दा पनि आत्मनिर्भर हुनेतर्फ लाग्नु पर्ने उनको भनाइ थियो । आर्थिक क्षेत्रमा कलम चालउने पत्रकारहरुले तथ्यपरक र वस्तुनिष्ट भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

















