Dhulikhel Eco Banner new

नीति आएको सूचना हो, त्यसबाट पर्ने प्रभाव समाचार हो : सीईओ भट्टराई

5.98K
shares

काठमाडौं, १२ असोज । महालक्ष्मी लाईफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले पत्रकारले नीति आएको विषयभन्दा पनि त्यसले पार्ने प्रभावका विषयमा कलम चालाउन पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको जर्नल विमोचन तथा पुरस्कार वितरण कार्यक्रमा बोल्दै सीईओ भट्टराईले जानकारीभन्दा पनि समाजमा पार्ने प्रभावका विषयमा कलम चलाउन आवश्यक रहेको बताएका हुन् ।

कमजोरीबाट पाठ सिकेर अगाडि बढ्दै जाँदा विकास हुने भन्दै कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नु पर्ने भट्टराईको भनाइ छ । सुरुमा बैंक तथा वित्तीय संस्था खोल्दा पनि आलोचना भएको भन्दै मिडियामा पनि अहिले अवस्था त्यस्तै रहेको उनले बताए ।

मिडियामा हेर्दा एउटै समाचार देखिने गरेको भन्दै खोज पत्रकारिताका लागि लाग्न समेत उनले पत्रकारहरुलाई आग्रह गरे । ‘दैनिक पत्रिकामा आइसकेका विषय अनलाइनमा पुनः आउनु समाचार होइन, त्यो पहिले नै प्रकासन भइसकेको विषय हो,’ उनले भने । पत्रकारले चाहेकोभन्दा पनि आम सर्वसाधारणले चाहेको विषय समाचार बन्नु पर्ने उनको धारणा थियो ।