Dhulikhel Eco Banner new

भारतले प्रतिबन्ध लगायो भन्नुभन्दा आफै उत्पादन गर्नु पर्‍यो : सीबीफीन अध्यक्ष गोल्याङ

4.89K
shares

काठमाडौं, १२ असोज । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का अध्यक्ष पवन गोल्याङले स्वदेशमा नै उत्पादन गरेका वस्तुको उपभोगमा जोड दिनु पर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको जर्नल विमोचन तथा पुरस्कार विरण कार्यक्रममा बोल्दै अध्यक्ष गोल्याङले यस्तो बताएका हुन् ।

देशमा दिगो विकासको आवश्यकता रहेको भन्दै त्यसका लागि स्वदेशी उत्पादनको प्रयोग गुर्न पर्ने उनको भनाइ थियो । नेपाल कृषि प्रधान देश भएकाले कृषिको उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘भारतले चामलमा निर्यातमा प्रतिबन्ध लगायो भन्नु भन्दा पनि स्वदेशमै उत्पादन गर्न तर्फ लाग्नु पर्छ,’ उनले भने ।

नेपालको व्यापार घाटा घटाउनका लागि सबैको प्रयास हुन जरुरी रहेको भन्दै यसमा सबै दोषि रहेको उनको आरोप थियो । ‘नेपाल अहिलेको अवस्थामा पुग्नुमा हामी सबै दोषि छौँ, अर्काले गरिहाल्छ नि भन्ने परिपाटीले छ, म गर्छु भन्ने भावना विकास गर्नु पर्छ,’ उनले भने ।