GBIME

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट

894
shares

काठमाडौं, २८ कात्तिक । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तिय विवरण अनुसार ८० लाख १० हजर रुपैयाँ नोक्सानी व्यहोरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेका कारण नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५० प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ४५.८९ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.५३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८१ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । निष्क्रिय कर्जा २.३१ प्रतिशतविन्दु बढेर ५.६८ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ५५ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा रहेको छ ।