Dhulikhel Eco Banner new

डिप्रोक्स लघुवित्तको नाफा ४२ प्रतिशतले घट्यो

5.25K
shares

काठमाडौं, २८ कात्तिक । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.८९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.४३ प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ४.८५ प्रतिशत बढेको छ ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३.०९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४३.१३ प्रतिशत घटेको छ ।

निष्क्रिय कर्जा ३.०१ प्रतिशतविन्दु बढेर ३.६८ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । जसका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ७५ पैसा घटेर ३४ रुपैयाँ २९ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा रहेको छ ।