GBIME

कृषि विकास बैंकको लाभांश घोषणा, बोनसदर कति ?

1.2K
shares

काठमाडौं, २६ पुस । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये २ प्रतिशत बोनस शेयर रहेको छ भने ११ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ ।

त्यसैगरी, बैंकले अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा पनि गरेको छ ।

पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ ।