Dhulikhel Eco Banner new

११ बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको नाफा कति ?

6.2K
shares

काठमाडौं, ७ माघ । ११ वटा बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनकि गरेको बैंकहरुमध्ये ७ वटा बैैंकको नाफा बढेको छ भने ४ वटा बैंकको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार नबिल बैंक, एनआईसी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैंक, सिभिल, सानिमा, ग्लोबल आइएमइ बैंकको नाफा बढेको छ र त्यस्तै वित्तीय विवरण सार्वजनिक गरेकामध्ये प्रभु, नेपाल बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म नबिल बैंकको नाफा गत आर्थिक वर्षको तुलनमा ५६.६७ प्रतिशले बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको नाफा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ बराबर रहेको थियो । त्यस्त एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्तसम्मको अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२७ प्रतिशतले बढी हो ।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा ६१.३६ प्रतिशतले बढेको छ । यो अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८६ लाख बराबर हरेको थियो । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ४१.२८ प्रतिशले बढेको छ । गत आर्थिक वर्षमो पुस मसान्तसम्म १ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको रावाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ ।

त्यस्तै सानिमा बैंकले १ अर्ब २८ करोड ५३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.३४ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यता सिभिल बैंकको नाफा पनि यो अवधिमा बढेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा २६.३९ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको ६ महिनामा ५० करोड ४० लाख नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६३ करोड ७० लाख बराबरको नाफा कमाएको छ ।

त्यस्तै वित्तीय विवरण सार्वजनिक गरेकामध्ये नाफा कामएको अर्को बैंक हो ग्लोबल आइएमई बैंक । यो बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ४.४७ प्रतिशतले आफ्नो नाफा बढाएको छ । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब ६६ करोड ३३ लाख बराबरको नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ ।

नाफा गुमाएका बैंकहरुमध्ये प्रभु बैंकको नाफा ४.९२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म बैंकले १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै नेपाल बैंक लिमिटेडको नाफा पनि चालु आर्थिक वर्षमो घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको नाफा १७.३९ प्रतिशतले घटेको छ । गत पुस महिनासम्म बैंकको नाफा १ अर्ब ४१ करोड ७० लाख बराबरको नाफा आर्जन गरेको बैंकले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब १७ करोड बराबरको नाफा आर्जन गरेको छ ।

त्यस्तै सिद्धार्थ बैंकको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २६.३८ प्रतिशितले घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा घटेर १ अर्ब १६ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।

यता चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सिटिजन्स बैंकको नाफा ३२.११ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकले १ अर्ब २३ करोड ९३ लाख बराबरको नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस महिनामा भने बैंकले ८४ करोड १३ लाख रुपैयाँ बराबरको नाफा मात्रै कमाएको छ ।