GBIME

सातामा २९ अंकले बढ्यो शेयर बजार, औषत कारोबारमा भने गिरावट

894
shares

काठमाडौं, ७ माघ । यो हप्ता नेप्से परिसूचक २९ अंकभन्दा बढीले बढेको छ । तीन दिन मात्रै कारोबार भएको यो साता नेप्से परिसूचक २९ दशमवल ४२ अंकले बढेर २१७८ दशमलव ८१ विन्दुमा पुगेको हो । यो गत हप्ताको तुलनामा १.३७ प्रतिशतले बढी हो ।

तीन कारेबार दिनमध्ये दुई दिन शेयर बजार बढेको थियो भने एक दिन भने बजार घटेको थियो । मंगलबार र बिहीबार बढेको शेयर बजारमा बुधबार भने गिरावट देखिएको छ । हप्तामा पाँच दिन कारोबार हुने भए पनि यो हप्ता दुई दिन सार्वजनिक बिदा परेकाले ३ दिन मात्रै कारोबार भएको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ३.८० अंक बढेको छ भने फ्लोट इण्डेक्स पनि २.०३ अंकले बढेको छ । त्यस्तै यो साता सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक बढेको छ । नेप्से बढेपनि यस साता दैनिक औषत कारोबार रकम भने गिरावट आएको छ । यस साता दैनिक औषतमा ३ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको छ । यो गत साताको तुलनामा यो ३४.७७ प्रतिशत कम हो । गत साता दैनिक औषतमा ५ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको थियो ।

यस साता कारोबार भएको दैनिक औषत शेयर संख्या ३०.४६ प्रतिशत घटेको छ भने कारोबार संख्या २५.४९ प्रतिशत घटेको छ । नेप्सेसँगै यस साता बजार पुँजीकरण पनि बढेको छ । गत साता ३१ खर्ब ३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो हप्ता ४२ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।

यो हप्ता १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचकमा गिरावट आएको छ । यो हप्ता जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ७.०३ प्रतिशत बढेको छ । गत साता २५२८.४४ विन्दुमा बन्द भएको जलविद्युत उपसमूहको परिसूचक यो हप्ता १७७.६३ अंक बढेर २७०६.०७ विन्दुमा पुगेको छ । त्यसैगरी लगानी, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढ्दा म्युचुअल फण्ड र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।