GBIME

ग्लोबल आइएमई बैंकको नाफा ४ प्रतिशतले बढ्यो

990
shares

काठमाडौं, ७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ग्लोबल आइएमई बैंकले ४ प्रतिधशतभन्दा बढीले नाफा वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा ४.४६ प्रतिशतले बढेको हो ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । जसले गर्दा बैंकको नाफा बढ्न सफल भएको छ । बैंकले ६ महिनाको अवधिमा ६ अर्ब ५४ करोड ३० लाख ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको खराब कर्जा १.१३ प्रतिशतटबाट बढेर २.९२ प्रतिशत पुगेको छ ।