सिभिल लघुवित्तको दाम्राभिट्टा शाखाले मनायो ग्लोबल मनि विक
वि.सं.२०७९ चैत ८ बुधवार २०:४९
shares

काठमाडौं, ८ चैत । ग्लोबल मनि विकको अवसरमा सिभिल लघुवित्तको दाम्राभिट्टा शाखाले वित्तीय साक्षरतका कार्यक्रम गरेको छ । लघुवित्तको मोरङ दाम्राभिट्टा शाखाले ग्लोबल मनि विकको अवसरमा त्यहाँका स्थानीयलाई वित्तीय विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका अनुगमन अधिकारी निरज पौडेल र शाखा प्रमुख दुर्गा माझीले सहभागिहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएका थिए । सन् २०१२ देखि मार्च महिनाको एक हप्ता सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर ग्लोबल मनि विक मनाउने गरिन्छ ।
सप्ताहको अवसरमा वित्तीय संस्थाहरुले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेर मनाउने गरेका छन् । ग्लोबल मनि विकको लागि यो वर्ष ‘प्लान योर मनि प्लान योर फ्युचर’ भन्ने नारा तय गरिएको छ ।



















