Dhulikhel Eco Banner new

जिल्लाका व्यवसायीको सेतु बनेर काम गर्छु : उपाध्यक्ष श्रेष्ठ

6.25K
shares

काठमाडौं, ८ चैत । नेपाल उद्याग वाणिज्य महासंघका उपाध्यष अन्जन श्रेष्ठले आफू वरिष्ठ उपाध्यक्ष भएमा जिल्ला नगरका व्यवसायीहरुको हक हिजतमा काम गर्ने बताएका छन् । मंगलबार झापाको काँकडभिट्टामा आयोजना गरिएको ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेबार ?’ शिर्षकको अन्तक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासि श्रेष्ठले जिल्लाका उद्योगीको सेतुको रुपमा काम गर्ने बताएका हुन् ।

‘मैले वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्नेछु,’ उनले भने, ‘विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरेपनि आफूले सक्रियरुपमा उद्योगी व्यवसायीहरुको समस्या समाधानमा काम गर्नेछु ।’ आफू व्यवसायीका समस्याका विषयमा परिचित भएकाले समस्या समाधान आफ्नो पहिलो प्राथमिकता रहेन उनको भनाइ थियो । अहिले व्यवसायीले बैंकको ब्याजदर तिर्नका लागि निकै कठिनाइ भएको भन्दै यो समस्या समाधानका लागि लाग्ने उनेको प्रतिबद्धता थियो ।

त्यस्तै कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको बताए । सरकारले नीजि क्षेत्रसँग सल्लाह नगर्दा यसले थप असर पारेको उनको भनाइ थियो । ‘अहिले राजस्व आम्दानी माइनसमा गयो । जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो । यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो,’ उनले भने । बैंक तथा वित्तिय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनको भनाइ थियो ।