सदस्यहरुको ८० प्रतिशत बचत फिर्ता गरेको देउराली सहकारीको दाबी
वि.सं.२०८० वैशाख ३० शनिवार ११:२३
shares

काठमाण्डौं, ३० वैशाख । समस्या ग्रस्त घोषणा भएको देउराली बहुउदेश्यिय सहकारी संस्थाले सदस्यहरुको ८० प्रतिशत रकम फिर्ता गरेको दाबी गरेको छ । समस्याग्रस्त घोषणा भएपछिको समयमा सहकारीमा बचत गरेका सदस्यहरुको ८० प्रतिशत बचत रकम फिर्ता गरिसकिएको सहकारीका अध्यक्ष रविन्द्र चौलागाँईको भनाइ छ ।
बाँकी रकम आगामी आर्थिक वर्ष भित्र नै फिर्ता गरिसक्ने सहकारीका अध्यक्ष चौलागाँईले जानकारी दिए । ललितपुको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारी गत वर्षको असारदेखि समस्यामा परेको थियो । सहकारीको काठमाडौंको न्यूरोड, भक्तपुरको सुर्यबिनायक र ललितपुरकै चापागाँउमा सदस्य सेवा काउन्टर रहेको छ । सहकारीले सदस्यहरुबाट ६ अर्ब ५० करोड बचत राखेको थियो । समस्याग्रस्त भएर हालसम्म आइपुग्दा सदस्यहरुलाई फिर्ता दिनुपर्ने रकम ५० करोड हाराहारी रहेको संस्थाका अध्यक्ष चौलागाँईले बताए ।
देउरालीले व्यवहार मिलाउँदै जाँदा आफुलाई आत्मविश्वास बढेर गएको उनको भनाइ छ । ‘सहकारिमा समस्या आएपछि आफना विभिन्न व्यवसाय नभनी सदस्यहरूको बचत फिर्तालाई प्राथमिकता दिएँ । धेरैजसो बचत फिर्ता गरिसकिएका छौ । बाँकीको पनि असारमसान्त भित्रै तिर्ने योजना रहेको छ,’ उनले भने ।

देउरालीले बचत फिर्ता गर्न बाँकी रकम जग्गा दिएर मिलाउने प्रक्रिया पनि चलिरहेको उनले बताए । देशकै ठुला व्यवसायिको परिचय बनाएका चौलागाईको दर्जनौ कम्पनिहरू रहेका छन् । आफना सयौं कर्मचारी रहेको र राज्यलाई बार्षिक करोडौ कर तिर्ने गरेको उनले बताउँदै आएका छन् ।
उनको व्यवसायमा ठुला रकम बैंक तथा विभिन्न ब्यक्तिहरूको लगानी रहेको बताइन्छ । अहिले आफूलाई बैंक तथा ती ब्यक्तीहरूले धैर्य गरि सहयोग गरेको उनी सुनाउँछन् । अध्यक्ष चौलागाँई आगामी आर्थिक बर्षसम्म सहकारीको सबै हिसाव मिलान गरेर पुनः पहिलाकै ब्यवसायमा फर्कने योजनामा रहेका छन् । उनले देशभरिका संघसस्था, ब्यवसायीहरूलाई अहिलेको विकाराल अवस्थामा धैर्य गर्न अपिल समेत गरेका छन् । आफनो काम र कर्तब्य पूरा गर्न र समस्या देखि नभाग्न उनले आग्रह गरेका हुन् ।



















